विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम सञ्चालन

यस विद्यालयमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको सहकार्यमा सञ्चालित विद्यालयमा वृत्त–मार्गनिर्देशन कार्यक्रमकाे दोस्रो चरणको कार्यक्रम यहि मिति २०८१ साल फागुन ९ गतेबाट सुरू भई फागुन १६ गते समाप्त भयाे ।

फागुन ९ गते अभिभावकीय सत्रबाट शुरू भएकाे यस कार्यक्रमा १५ जना विद्यार्थीहरूका १२ जना अभिभावकहरूकाे उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सचितानन्द के.सी.ज्यूकाे प्रमुख आतिथ्यता कक्षा ९ मा अध्ययनरत बालबालिकाहरुका भावि लक्ष्य र उद्देश्य के हुने र उनीहरु आफ्नाे लक्ष्यमा पुग्न कुन वृत्ति–मार्ग अपनाउने र सहजै आफ्नाे रुची र खुबी अनुसार क्षमताकाे विकास गर्दै आफूले चाहेकाे  वृत्ति अवलम्बन गर्ने भन्ने बारे बाँकी रहेका ६ सेसनमा विद्यार्थीहरु स्पष्ट जानकार हुने कुरा कार्यक्रमका वृत्ति–मार्गनिर्देशक शिक्षकद्वय श्री दिपेश्वरा दाहाल र श्री गंगाराम ठकुरीले जानकारी गराउनुभएकाे थियाे ।

यस कार्यक्रमले दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (Enssure) मार्फत विद्यालय तहमा कक्षा ९ र कक्षा १० का विद्यार्थी भाइबहिनीहरुलाई आगामि दिनहरुमा कुन वृत्ति मार्गमा अगाडि बढ्ने भन्ने बारेमा मार्ग निर्देशन गरेकाेछ ।

साथै वृत्ति विकास सम्बन्धी आधारभूत जानकारी प्रदान गर्दै यस वर्ष कक्षा ९ मा अध्ययनरत ४ जना छात्र र ११ जना छात्रा गरि कूल १५ जना छात्रछात्राहरुलाई उनीहरूकाे रूचि र खुबिका आधारमा विभिन्न किसिमका पेशाहरु तथा वृत्ति सम्बन्धि जानकारीका साथै आवश्यक मार्गनिर्देशन सेवा प्रदान गरेकाेछ । भविष्यमा अङ्गाल्ने वृत्ति र यसको वृत्ति पथ सम्बन्धि सूचना तथा जानकारीको विश्लेषण गर्दै आफ्नाे खुबि र रुची सुहाउँदो वृत्ति छनौट गर्ने प्रक्रिया बुझी वृत्ति छनौट गर्न सक्षम भएकाछन् ।

साथै कार्यक्रमका दाैरान नेपालकाे शिक्षा प्रणाली बारे जानकारी लिदै भावि दिनमा आफ्नाे     यसै विद्यालयबाट सो सम्बन्धमा तालिम प्राप्त गर्नुभएका वृत्ति–मार्गनिर्देशन शिक्षकद्वय श्री दिपेश्वरा दाहाल र श्री गंगाराम ठकुरीले सञ्चालन गर्नुहुनेछ । साथै कार्यक्रम प्रधानाध्यापक श्री दामोदर गौतमको अनुगमनमा सञ्चालन भइरहेकोछ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

Scroll to Top