विद्यालयमा सघन अनुगमन सम्पन्न

आज मिति २०८१ साल फागुन ६ गते मंगलबारका दिन यस बनेपा नगरपालिका वडा नम्बर ६ बुडाेलस्थित श्री भक्तेश्वर गोसाइकुण्ड माध्यामिक विद्यालयमा बनेपा नगरपालिकाद्वारा सघन अनुगमन गरिएकाेछ । बनेपा नगर उपप्रमुख विमला सापकाेटा दाहालज्यूकाे नेतृत्वमा बनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख देवेन्द्र निराैला, शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, नगर शिक्षा समितिका सदस्य माधव लामिछानेज्यूकाे टाेलिले विद्यालयकाे वर्तमान अवस्थाकाे निरीक्षण तथा अवलाेकन गरी विद्यालयका सबल तथा सुधारात्मक पक्षहरूकाे बारेमा टिपाेट गर्नुभएकाे थियाे । 

विद्यालय स्तर एकिकृत शैक्षिक सूचना प्रणालीमा रेकर्ड भएका यस शैक्षिक सत्र २०८१ का कूल ३७२ जना विद्यार्थीमध्ये आज उपस्थित करिब ३०० जना विद्यार्थीहरूकाे पठनपाठनका क्रममा आइपरेका समस्या तथा तीनका समाधान र गुणास्तरीय शिक्षामा विद्यार्थीहरूकाे पहुँच सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा यसै बनेपा नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष श्री सचितानन्द के.सी.ज्यूकाे सभापितत्वमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सञ्चालन भएकाे थियाे । बाल क्लव र इकाे क्लवका पदाधिकारी विद्यार्थी भाइबहिनीहरूकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा विद्यालयका प्रायः सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र समिति सदस्यहरू, वडा नं. ६ का वडा सदस्य तथा वि.व्य.स. सदस्य लालकृष्ण तिमल्सिना लगायत अन्य वि.व्य.स. का सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा क्रमशः क्लवका पदाधिकारी प्रतिनिधि विद्यार्थीहरू, विद्यालयका शिक्षकहरू, वि.व्य.स. तथा शि.अ.सं. का पदाधिकारी प्रतिनिधिज्यूहरू, विद्यालयका प्रधानाध्यापकज्यूहरूले हाल विद्यालयमा भएका गतिविधिहरू, विद्यालयले भाेग्नुपरेका समस्याहरू, साे समस्याकाे समाधान र गुणस्तरीय शिक्षा प्राप्तिका लागि बनेपा नगरपालिकासँग राखिएका अपेक्षाहरूका बारेमा आ–आफ्ना धारणाहरू राख्नुभएकाे थियाे । 

कार्यक्रममा अनुगमन टाेलिका तर्फबाट बाेल्दै नगर शिक्षा समितिका सदस्य माधव लामिछानेज्यूले विद्यालयका सबल पक्षहरूकाे चर्चा गर्दै विद्यालयले हाल भाैतिक निर्माणकाे क्रममा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयकाे समग्र पक्षमा उत्तिकै ध्यान दिन सकेकाेमा वधाइका साथमा धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने साेहि क्रममा बाेल्दै शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीज्यूले विद्यालय हालै माध्यमिक तह स्विकृति पाइ अगाडि बढिरहेकाे सन्दर्भमा  शिक्षाका बहुआयामिक पक्षहरूलाइ समेटेर पढाइकाे गुणस्तर कायम गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिँदै विद्यालय वातावरण सुरक्षित राख्न, विद्यालयमा गुनासाे सुनुवाइ तथा सूचना एवं सम्पर्क व्यक्तिकाे व्यवस्था गर्न तथा विद्यालयका आर्थिक लगायतका गतिविधिहरूलाइ पारदर्शि राख्नका लागि डिस्प्ले बाेर्डकाे व्यवस्था गर्न समेत सुझाव दिनुभएकाे थियाे ।

त्यस्तै कार्यक्रममा प्रमुख वक्ताकाे रूपमा बाेल्नुहुँदै शिक्षा शाखा प्रमुख श्री देवराज निराैलाज्यूले विद्यालयले पूरा गर्न बाँकी एकाध कार्यहरू बाहेक अन्य सम्पूर्ण पक्षहरू उत्कृष्ट रहेकाे, विद्यालयकाे बढ्दाे विकाससँगै अन्य आवश्यक पक्षहरू विस्तारै समेटिँदै जाने वचनवद्धता व्यक्त गर्नु भयाे । विशेषतः विद्यालयकाे लेखा प्रणालीलाइ चुस्त राख्न आगामि शैक्षिक सत्रकाे सुरुवातबाटै एक लेखा हेर्ने विद्यालय कर्मचारीकाे दरबन्दी प्रदान गर्ने कुराकाे जानकारी दिनुभयाे भने हालै मात्र माध्यमिक तह स्विकृत भएकाे यस विद्यालयलाइ आगामि आ.व.बाट संघिय काेटामा मा.वि. दरबन्दीका  विषयगगत शिक्षककाे व्यवस्था गर्न पहल गर्ने जानकारी समेत दिनुभएकाे थियाे । साथै उहाँले विद्यालयले न.पा.बाट दिवा खाजाका लागि थप गरिएकाे रू.५ बाट १० कक्षासम्मका विद्यार्थीहरूका लागि दिवाखाजाकाे व्यवस्था गरिएकाे र विद्यालयले हालैमात्र आफ्नै Website निर्माण गरेकाेमा सह्राना गर्नुभएकाे थियाे । 

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्नुहुँदै नगर उपप्रमुख विमला सापकाेटा दाहालले सरकारी सामुदायिक विद्यालयले पनि चाह्याे भने उचित व्यवस्थापन गरेर प्राइभेट बाेर्डिङ स्कुलले भन्दा राम्राे नतिजा ल्याउन सक्ने भन्दै निकट भविष्यमा आउन लागेकाे आधारभूत तह कक्षा ८ काे परीक्षामा अब्बल नतिजा ल्याउन हाैसला प्रदान गर्नुभयाे । 

अन्त्यमा कार्यक्रमकाे सभापतित्व गर्नुभएका वि.व्य.स. अध्यक्ष तथा यसै वडाका वडा अध्यक्ष श्री सचितानन्द के.सी.ज्यूले विद्यालयकाे वर्तमान अवस्थाकाे जानकारी अवगत गराउँदै आगामि दिनहरूमा विद्यालय, वडा, तथा न.पा.ले विद्यालय विकासकाे कार्यमा आ–आफ्नाे ठाउँबाट निभाउनु पर्ने भूमिकाका बारेमा चर्चा गर्नुभयाे । वडा कै धराेहरकाे रूपमा रहेकाे एकमात्र सरकारी सामुदायिक विद्यालयलाई नमूनाकाे रूपमा अगाडि बढाउन सम्पूर्ण सराेकारवालाहरूसँग हातेमालाे गर्दै अगाडि बढ्ने समेत बताउनुभयाे ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

Scroll to Top