HEFA Nepal द्वारा विद्यालयमा ट्रयाकसुट वितरण

बनेपा, काभ्रेपलाञ्चोक – सबैका लागि स्वास्थ्य र शिक्षा (HEFA) नेपालद्वारा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ स्थित श्री भक्तेश्वर गोसाईंकुण्ड माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालय पोषाक ट्रयाकसुट वितरण गरेको छ ।


बनेपा नगरपालिका वडा नं. ६ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष लालकृष्ण तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा हेफा नेपालका सल्लाहकार श्री मधु प्रसाद आचार्य, हेफा नेपालका अध्यक्ष श्री नारायण अधिकारी, नेपाल एसबिआई बैंक बनेपा शाखाका शाखा प्रमुख श्री भुपेन्द्रमान श्रेष्ठ, बैंकका अधिकृत श्री तुलशा अधिकारी, वि.व्य.स. सदस्य श्री देवी प्रसाद कट्टेल र श्री मेन्दोमाया घलानको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विद्यालयका प्रधानअध्यापक श्री दामोदर गौतमले उपस्थित हेफा नेपाल र नेपाल एसबिआई बैंक बनेपा शाखाका प्रतिनिधिज्यूहरुलाई स्वागत गर्दै सहयोग उपलब्ध गराउनुहुने दुवै संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथमा आगामी दिनहरुमा यी र यस्तै भौतिक तथा शैक्षिक सहयोगको अपेक्षा गर्दै शैक्षिक उन्नयनमा उहाँहरुको भूमिकालाई कदर गर्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा गत शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि नेपाल एसबिआई बैंक बनेपा शाखाद्वारा २५० थान विद्यालय झोला उपलब्ध गराईएको थियो । सो विद्यालय झोला हाल यसै नयाँ शैक्षिक सत्रमा यस विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई वितरण गरिएको थियो भने उक्त विद्यालय झोला प्रदान गर्नुहुने नेपाल एसबिआई बैंक बनेपा शाखालाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिको तर्पmबाट आप्mनो मन्तव्य राख्दै हेफा नेपालका सल्लाहकार श्री मधु प्रसाद आचार्यले देश विकासको मूल खम्बा भनेको शिक्षा र स्वास्थ्य नै हो भन्दै आजका विद्यार्थी नै भोलिको सुनौलो नेपालको कर्णाधार भएको कुरा व्यक्त गर्नुभयो । भविष्यमा नेपालको विकासमा योगदान पु¥याउने यी साना साना विद्यार्थी भाईबहिनीहरुलाई यो सानो सहयोग गर्न पाउँदा आपूm गौरववान्वित भएको तथा यस्तै उपलब्धिपूर्ण कार्यमा सधैँ सहकार्य गर्न आपूmहरु तयार रहेको जानकारी पनि गर्नुभयो । विद्यालयको भौतिक अवस्थालाई छिटै सुधार गरेर शैक्षिक स्तरलाई वृद्धि गर्नुपर्ने कुरामा पनि जोड दिनु भएको थियो ।
कार्यक्रममा हेफा नेपालद्वारा प्रदान गरिएको विद्यालय पोषाक ट्रयाकसुट विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने सो सामाग्री प्रदान गर्ने हेफा नेपाललाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।


विद्यालयका शिक्षक गंगाराम ठकुरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका सभापती एवम् बनेपा नगरपालिका वडा नं. ६ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष लालकृष्ण तिमल्सिनाले सहयोगी संस्था द्वय नेपाल एसबिआई बैंक बनेपा शाखा र हेफा नेपाललाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो ।

2 thoughts on “HEFA Nepal द्वारा विद्यालयमा ट्रयाकसुट वितरण”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

Scroll to Top